Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

करिब २३६ किलोग्राम गाँजासहित मिनिट्रक चालक पक्राउ

करिब २३६ किलोग्राम गाँजासहित मिनिट्रक चालक पक्राउ

  • काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा करिब २३६ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका-१० बस्ने ३८ वर्षीय रमेश रूम्बालाई  प्रहरीले पक्राउ गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको बा.२ ख ९५६९ नम्बरको मिनिट्रक तलासी गर्दा छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले छोपी लुकाईछिपाई राखेको २८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी मिनिट्रक चालक रमेशलाई पक्राउ गरेको हो । 

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij