Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

भूउपयोग नियमावली संशोधन प्रक्रिया अघि बढाउने निर्णय

भूउपयोग नियमावली संशोधन प्रक्रिया अघि बढाउने निर्णय

  • काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भूउपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले भूमि सुधारका कार्यक्रम लागू भएपनि अझै पनि केही समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न भूउपयोग नियमावली संशोधन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

    AGNI GROUP

    किताकाट रोकिएका कारणले बिकाससम्बन्धी बिषयमा कठिन भएकाले सहजीकरण गर्नका लागि नियमावली संशोधनको आवश्यकता देखिएको उनले बताए ।

    त्यस्तै मन्त्री सिन्हाले स्थानीय तहलाई दिइएको अधिकार प्रयाप्त नभएकाले केन्द्रबाट आवश्यक सहजीकरण गर्ने जनाए । उनले भूमि बैंकको स्थापनाका गर्नका लागि प्रारम्भिक कदम चाल्ने निर्णयमा हस्ताक्षर गरिएको जानकारी दिए ।

    मन्त्री सिन्हाले जेनजी आन्दोलनका क्रममा भएको आगजनीको घटनामा पनि आफ्नो कतव्र्य पूरा गरेको भन्दै कर्मचारीको प्रशंसा गरे । यसअघि मन्त्री सिन्हाले सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए । सिन्हालाई भूमि व्यवस्था, उद्योगका साथै कानून मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij