Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । सुन जस्तो देखिने करिब ८ सय ३५ ग्रामको पदार्थसहित एक जना भारतीय नागरिक पक्राउ परेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थनलको आगमन भन्सार एरीयाबाट ४८ वर्षीय रोनक मदनी मंगलबार दिउँसो पक्राउ परेकी हुन् ।
ईण्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएकी उनलाई आगमन भन्सार एरीयामा चेकजाँच पश्चात उक्त स्थानमा खटिएका प्रहरीलाई शंका लाग्दा उनलाई नियन्त्रणमा लिइएको थियो ।
केएमसी अस्पतालमा लगेर भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाणको पदार्थ फेला परेको प्रहरीको भनाई छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij