Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कसैमाथि निर्भर रहनु स्वीकार्य छैन, आत्मनिर्भर हुनुपर्छ- मोदी

कसैमाथि निर्भर रहनु स्वीकार्य छैन, आत्मनिर्भर हुनुपर्छ- मोदी

  • काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारत जस्तो देश अब कसैमाथि निर्भर रहनु स्वीकार्य नभएको बताएका छन् । अमेरिकासँग व्यापार बार्ता भइरहेको समयमा मोदीको यस्तो टिप्पणी आएको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री मोदीले बिहीबार उत्तर प्रदेश अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै भारत आत्मनिर्भर हुनुपर्ने बताउदै अब कसैमाथि निर्भर हुन नहुने बताएका हुन् ।

    AGNI GROUP

    उनले भने- 'आज, भारत २०४७ सम्ममा विकसित हुने लक्ष्यतर्फ अघि बढिरहेको छ । विश्वमा अवरोध र अनिश्चितताको बावजुद, भारतको वृद्धि प्रभावशाली छ । अवरोधहरूले हामीलाई विचलित गर्दैनन्, यस्तो परिस्थितिमा पनि, हामी नयाँ दिशाहरू फेला पार्छौं ।'

    उनले अगाडी भने- 'त्यसैले, यी अवरोधहरूका बीचमा, आज भारतले आगामी दशकहरूको लागि जग बलियो बनाइरहेको छ । यो हाम्रो संकल्प हो, हाम्रो मन्त्र हो, र आत्मनिर्भर भारत हो । चिप्सदेखि जहाजसम्म, हामी भारतमा उत्पादन गर्न चाहन्छौं ।'

    भारतले संयुक्त राज्य अमेरिकाबाट ५० प्रतिशत करको सामना गरिरहेको अवस्थामा मोदीले आत्मनिर्भर र आत्मनिर्भर भारतको लागि निरन्तर अपील गरिरहेका छन् ।

    पछिल्लो समयमा अमेरिका भारतमाथि लगाएको अतिरिक्त कर हटाउन वार्ता गर्न तम्सिएको छ भने विदेशमन्त्री स्तरमा एक चरणको छलफल पनि भएको छ । अमेरिकाले अतिरिक्त कर लगाएपछि भारतको रुस र चीनप्रति बढेको निकटतापछि अमेरिका लचक भएको विश्लेषण गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट