Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन आयोग

निर्वाचन आयोग : कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन

निर्वाचन आयोग : कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन

बिहीबार बसेको आयोगको बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो ।

  • काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने समय तोकेको छ । बिहीबार बसेको आयोगको बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    आयोगका निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार कात्तिक मसान्तसम्म मतदाता अध्यावधिक गर्ने समय तोक्ने निर्णय भएको छ । उनले आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा भोट हाल्न पाउने पनि बताए ।

    AGNI GROUP

    निर्वाचनको घोषणा भएसँगै मतदाता नामावली संकलन रोक्ने व्यवस्था रहेको छ । तर, सरकारले बुधबार अध्यादेश जारी गर्दै मतदाता नामावली संकलनको लागि बाटो खुला गरेको थियो ।

    गत भदौ २३ र ३४ गतेको जेन-जी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेका छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij