Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

अर्थमन्त्रालयका काम कारबाही अब पेपरलेस

अर्थमन्त्रालयका काम कारबाही अब पेपरलेस

  • काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयको सबै टिप्पणी डिटिलल माध्यमबाट स्वीकृत गर्न सुरु गरेका छन् । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको सुरुवात गर्दै उनले अब पेपरलेस अवधारण सुरु गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उक्त प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्रीले एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको प्रणालीको शुभारम्भ गरेका हुन् ।
    सरकारी निकायबाट सम्पादन हुने कार्यहरुलाई एउटै सूचना प्रणालीमार्फत सरल, सहज, छिटाे, छरिताे, मितव्ययी, पारदर्शी र प्रभावकारी रुपमा सम्पादन गरी कागजरहति सरकारको अवधारणालाई कार्यान्वयनमा ल्याएका मन्त्रालयले जनाएको छ ।

    AGNI GROUP

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागले विकास गरेकाे एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको प्रयोगलाई अर्थ मन्त्रालयमा अनिवार्य गरेकाे हो ।

    उक्त एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोग गर विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापन लगायतका कार्य अनिवार्य रुपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरि सम्पादन गर्नु पर्ने भएको छ ।

    यस प्रणाली कार्यान्वयनबाट निर्णय प्रक्रियामा शीघ्रता, खर्चमा मितव्ययिता, कार्यप्रक्रियामा पारदर्शिता, जवाफदेहिता अभिवृद्धि हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij