Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

भवनविहीन कोशी प्रदेशसभाको अधिवेशन अन्त्य

भवनविहीन कोशी प्रदेशसभाको अधिवेशन अन्त्य

  • काठमाडौँ । कोशी प्रदेशसभाको सातौँ तथा चालु बजेट अधिवेशन औपचारिक रुपमा अन्त्य भएको छ । तर यसपटक अधिवेशनको अन्त्य सामान्य प्रक्रियाबाट नभई भवनविहीन अवस्थाको बाध्यताले भएको हो ।

    onlinepatrika
    Arghakhachi

    भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अराजक समूहले प्रदेशसभा भवन र सचिवालयमा आगजनी गरेपछि विधायिकाको मूल आधार नै ध्वस्त भएको छ । सभाभवन पूर्णरूपमा नष्ट भइसकेको छ भने सचिवालय भवन समेत प्रयोगअयोग्य बनेको छ ।

    AGNI GROUP

    शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले चालु अधिवेशन अन्त्य गरी नयाँ कार्यालय खोजीको कार्यलाई तीव्रता दिने निर्णय गरेको छ । 

    कोशी प्रदेशमा बजेट पारित भइसके पनि कानुन निर्माणदेखि नीति छलफलसम्मका कार्यहरू रोकिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij