Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

चाडपर्व लक्षित ट्राफिक वाक

चाडपर्व लक्षित ट्राफिक वाक

  • काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलको संयुक्त आयोजनामा चाडपर्व लक्षित सुरक्षा सचेतनाका लागि ट्राफिक वाक कार्यक्रम सम्पन्न भएको छ । 

    onlinepatrika
    Arghakhachi

    ‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित काठमाडौँको रानीपोखरीबाट रणोद्धिप, भद्रकाली, सिंहदरबार हुँदै रामशाहपथसम्म विभिन्न जनचेतनामूलक प्लेकार्ड प्रदर्शन गर्दै जनपद प्रहरी ट्राफिक प्रहरी र महानगर प्रहरी बलको विशेष र्‍याली भएको थियो । र्‍याली प्रदर्शन पश्‍चात् काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । 

    AGNI GROUP

    कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले चाडपर्वलाई सुरक्षित र दुर्घटना रहित बनाउनका लागि ट्राफिक नियमको पालना गरेर सभ्य समाजको निर्माण गर्नमा सबैले प्रतिबद्ध रहनुपर्ने बताए र त्यसका लागि आजको कार्यक्रम लाभदायी हुने समेत उल्लेख गरे । 

    कार्यक्रमका विशिष्ट अतिथि हृदयरोग विशेषज्ञ डा. ओममुर्ति अनिलले देशको वर्तमान परिवेशमा पनि चाडपर्वको समयमा यस्तो कार्यक्रम आयोजना गरिनु समाजका लागि प्रशंसनीय रहेको बताए । साथै उनले चाडपर्वको बहानामा कोही कसैले पनि मादक पदार्थ सेवन गर्ने, तीब्र गतिमा सवारी गुडाउने तथा लागूपदार्थको सेवन गर्ने कार्य गर्नु हानिकारक हुने कुरामा जोडदिए ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक ओम बहादुर रानाले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले अहिलेको परिस्थितिमा विभिन्न अभावसँग जुध्दै ट्राफिक व्यवस्थापनमा खटिरहेको र सडक प्रयोगकर्ताको सुरक्षित यात्राका लागि ट्राफिक प्रहरी प्रतिबद्ध रहेको बताए । उक्त कार्यक्रममा जनपद प्रहरी, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी बलका पदाधिकारी, उपत्यका भित्रका सामुदायिक प्रहरी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij