Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

दुई दिनको विपदमा देशभर ४० जनाको मृत्यु, ११ जना घाइते

दुई दिनको विपदमा देशभर ४० जनाको मृत्यु, ११ जना घाइते

  • काठमाडौँ । असोज १८ र १९ गते आएको भिषण बर्षापछि विपद्का घटनामा परेर देशभर कम्तिमा ४० जनाको मृत्यु भएको छ । 

    onlinepatrika
    Arghakhachi

    बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परेर दुई दिनमा ४० जनाको मृत्यु भएको छ र ११ जना बेपत्ता रहेका छन् । त्यस्तै १३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

    AGNI GROUP

    बाढी पहिरोबाट सबैभन्दा बढी इलाममा मात्रै २८ जनाको मत्यु भएको छ । इलामको सूर्योदय नगरपालिकामा पाँच, इलाम नगरपालिकामा छ, देउमाई नगरपालिकामा दुई, फाकफोकथुम गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा तीन, माइजोगमाई गाउँपालिकामा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ ।

    त्यस्तै पाँचथरमा सवारी दुर्घटनामा छ जना, रौतहटमा चट्याङमा परेर तीन जना, उदयपुरमा दुई जना र खोटाङमा एक जनाको मृत्यु भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij