Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

तत्काल सडक खुलाउन र पुनर्निर्माण गर्न सरकार तत्पर छ : कुलमान घिसिङ

तत्काल सडक खुलाउन र पुनर्निर्माण गर्न सरकार तत्पर छ : कुलमान घिसिङ

  • काठमाडौं । ऊर्जा, भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बर्षाका कारण बन्द रहेका सडक खुलाउने तयारी गरेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    दुई दिनको वर्षापछि भएको घटनाको बारेमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अब सडकहरू खोलिने बताएका हुन् । 

    AGNI GROUP

    त्यस क्रममा उनले सबैको सतर्कताले मानवीय क्षति कम भएको पनि बताए । वर्षातका कारण आएको बाढीका कारण ठूलो मानवीय क्षति नभएको स्पष्ट पारे ।

    वर्षापछि आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको बताउँदै त्यसलाई सरकारले प्राथमिकताका साथ पुनर्निर्माण गर्ने जानकारी दिए । 

    सावधानी अपनाउन आग्रह आग्रह गरेको छ । यता, असोज  १७, १८ र १९ गते देशभर भएको अविरल वर्षा र त्यसपछिका पहिरो तथा बाढीका घटनाका कारण देशका विभिन्न स्थानका सडकहरू अवरुद्ध भएकाले यसले यातायात सेवा प्रभावित पारिरहेको जनाइएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सावधानी अपनाउन आग्रह गरेको छ ।
    प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार वर्षा र पहिरोका कारण देशका प्रमुख तथा सहायक सडकहरू बन्द हुँदा जनजीवन प्रभावित भएको छ । मन्त्रालयले घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, जोखिमयुक्त स्थानमा यात्रा नगर्न तथा आवश्यक सतर्कता अपनाउन आम नागरिकलाई अनुरोध गरिएको छ ।

    सडक विभागले प्रमुख अवरुद्ध सडकहरू खोल्नका लागि आवश्यक जनशक्ति, उपकरण र स्रोत परिचालन गरेको जनाएको छ । केही प्रमुख राजमार्गहरू खुलाउने कार्य तीव्र गतिमा भइरहेको मन्त्रालयले जनाएको छ ।
    विशेषगरी, नारायणघाट–मुग्लिन सडक खण्डमा सवारी साधनको एकतर्फी सञ्चालन सुरु गरिएको छ भने अन्य सडकहरूमा पनि अवरुद्ध स्थान हटाइरहेको छ । यस्तै, पोखरा–मुग्लिन तथा भुलभुले–बेसीशहर सडकखण्ड पनि सुचारु गर्न आवश्यक कार्य भइरहेको छ ।

    सडक विभाग स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी लगायत स्थानीय निकायसँग समन्वय गरी सडक सुचारु गर्ने कार्यमा खटिएको छ।

    नवीनतम जानकारीका लागि सडक विभागको आधिकारिक वेबसाइट वा तल दिइएको नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

    Photo (12).jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij