Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

इलाममा पहिरोमा ज्यान गुमाउने ३७ जनाको पहिचान खुल्यो

इलाममा पहिरोमा ज्यान गुमाउने ३७ जनाको पहिचान खुल्यो

  • काठमाडौँ । इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ। पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको संख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    पहिरोमा परी ज्यान गुमाउनेमा माईजोगमाई गाउँपालिका-६ का २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, तीन वर्षीया मुनुसा थेवे, माईजोगमाई-३ का ८२ वर्षीय बर्मालल सोङमी, ७० वर्षीया बुद्धमाया सोङमी, ४६ वर्षीय धनबल सोङमी, ४२ वर्षीया सरला सोङ्मी र १४ वर्षीया प्रकृती सोङमी छन्। 

    AGNI GROUP

    त्यस्तै फाकफोकथुम गाउँपालिका-३ का २८ वर्षीय सुरेश लिम्बू, सूर्योदय नगरपालिका-१ की ६५ वर्षीया मनमाया क्षेत्री र १० वर्षीया रस्मिका क्षेत्री, इलाम नगरपालिका-६ का २३ वर्षीय समिर देउजाली, प्रवीण गुरुङ र बिराज पाख्रिन तामाङले पहिरोमा परी ज्यान गुमाएका छन्।

    त्यसैगरी देउमाई नगरपालिका-५ का २२ वर्षीय रोशन लिम्बु, २२ वर्षीया बेबिसा राई, ३० वर्षीय दीपक लिम्बु, २७ वर्षीया ऋषिका लिम्बु, १० वर्षीया दिपिस्का लिम्बु, देउमाई-३ का २८ वर्षीय कृष्ण मगर र माई नगरपालिका-५ की ८ वर्षीया प्रिन्सिखा मगर रहेका छन् ।

    त्यस्तै पहिरोमा परी माङसेबुङ गाउँपालिका-१ का ५७ वर्षीया कृष्णमाया लिम्बु र ५० वर्षीया माया लिम्बु, सन्दकपुर गाउँपालिका-१ का ४३ वर्षीय भीमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया शारदा  सेढाईं र ४८ वर्षीया तारादेवी राई रहेका छन् ।

    पहिरोमा विभिन्न कामले इलाम आएका जिल्ला बाहिरका नागरिकले समेत ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा झापाको अर्जुनधारा नगरपालिका-६ की ३२ वर्षीया अनु तामाङ र ती वर्षीय आवास दनुवार, पाँचथरको फाक्तेपका नौ वर्षीय सौजन लिम्बु र ११ वर्षीय सौगात लिम्बु र मिक्लाजुङ गाउँपालिका-६ की १७ वर्षीया नेहा राई रहेका छन् । त्यस्तै दोलखा घर भएका ४५ वर्षीय दीप बस्नेत, ४४ वर्षीया भवानी बस्नेत र १२ वर्षीया दिव्या बस्नेतको मृत्यु भएको छ ।

    त्यस्तै इलाम नगरपालिका-६ का ४८ वर्षीय महेन्द्र लिम्बु पहिरोमा बेपत्ता भएका र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij