Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । हेटौंडा उपमहानगरपालिका–५ स्थित ‘हाम्रो घर बालगृह’को गेटबाहिर आइतबार दिउँसो एक नवजातशिशु बेवारिसे अवस्थामा फेला परेको छ।
हेटौंडा उपमहानगरपालिका महिला, बालबालिका तथा समावेशी करण महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेका अनुसार दिउँसो करिब १ बजे फेला परेको शिशुको उमेर करिब १२ देखि १५ दिनको बीचमा रहेको अनुमान गरिएको छ। शिशुको तौलमात्र७५० ग्राम रहेको र अत्यन्तै नाजुकअवस्थामा भेटिएको उनले बताइन्।
शिशुलाई सुरुवाती उपचारका लागि हेटौंडा अस्पताल लगिएको भएपनि अवस्था गम्भीर देखिए पछि चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि भरतपुर अस्पताल रेफर गरिएको बालगृहकी सञ्चालक इन्दिरा डल्लाकोटीले जानकारी दिइन्।
बालगृहको वार्डेनले गेट बाहिर शिशु फेला परे पछि तत्काल सम्बन्धित निकाय लाई खबर गरेका थिए। त्यस पछि महिला तथा बालबालिका शाखाको समन्वयमा ‘सेफ हाउस’, ‘ओसिएमसी’ र ‘हाम्रो घर बालगृह’को संयुक्त पहलमा शिशुलाई अस्पताल पुयाइएको हो।
शिशु फेलापर्दा उसले लगाएका लुगा तथा साथमा रहेका केही सामग्रीको फोटो सुरक्षित गरिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ। साथै, शिशुको आमा वा आफन्तका रूपमा कुनै जानकारी हुने व्यक्तिलाई महिला, बालबालिका तथा समावेशीकरण महाशाखामा सम्पर्क गर्न आग्रह गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij