Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । आफ्नै आमा ५५ वर्षीया राम माया कडेलको हत्या गरेको अभियोगमा त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकटेरी बस्ने ३० वर्षीय यम बहादुर कडेललाई प्रहरीले पक्राउ गरेको छ ।
यम बहादुरले धारिलो हतियार खुँडा प्रहार गर्दा राम मायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सल्यानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij