Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

आइयुसिएन परिषद् सदस्यमा रोशनी निर्वाचित

आइयुसिएन परिषद् सदस्यमा रोशनी निर्वाचित

  • काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज) का पूर्वअध्यक्ष रोशनी अधिकारी पाठक अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को क्षेत्रीय परिषद् सदस्यमा निर्वाचित भएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    अधिकारी सन् २०२६-२०२९ का लागि आयुसिएनको पूर्व र दक्षिण एसिया क्षेत्रीय परिषद् सदस्यका रूपमा निर्वाचित भएको संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

    AGNI GROUP

    यही अक्टोबर ९ देखि १५ तारिखसम्म अबुधाबीमा सम्पन्न आयुसिएन विश्व संरक्षण महासभाका क्रममा भारत, चीन, पाकिस्तान, मलेसिया, जापान र नेपालका सात उम्मेदवारबीच पाँच क्षेत्रीय परिषद् संख्याका लागि प्रतिस्पर्धा भएको थियो ।

    उक्त महासभाले सन् २०२६-२०२९ अवधिका लागि नयाँ नेतृत्व र देशीय प्रतिनिधिको निर्वाचन सम्पन्न गरेको छ । संयुक्त अरब इमिरेट्सका रजान खलिफा अल मुबारक पुनः दोस्रो कार्यकालका लागि आयुसिएनको अध्यक्ष पदमा सन् २०२६-२०२९ अवधिका लागि निर्वाचित भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij