Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । तिहार पर्वको उल्लासमय माहोलमा, विश्वव्यापी टेक कम्पनी Yango Group अन्तर्गतको Yango Ride ले आफ्ना पार्टनर ड्राइभरहरूलाई सहयोग र सम्मान स्वरूप विशेष समयसीमित अभियान सुरु गरेको छ ।
तिहार जस्तो व्यस्त समयमा ड्राइभर पार्टनरहरूलाई थप आम्दानीका अवसरहरू प्रदान गर्नु र कम दबाबमा बढी कमाउन सहयोग पुर्याउने उद्देश्यका साथ उक्त अभियान सञ्चालन गरिएको हो ।
यो अभियान तिहार पर्वको अवसरमा एक सातासम्म सञ्चालन हुनेछ । जसमा सोमबार, २० अक्टोबरदेखि थप बोनसहरू उपलब्ध हुनेछन् । यस अवधिमा सबै वर्गमा बोनस दरहरू सामान्य भन्दा २ गुणासम्म बढाइएका छन् । अब पार्टनर ड्राइभरहरूले कार सेवामा प्रति दिन अधिकतम ६ हजार २ सयसम्म र बाइक सेवामा प्रति दिन बोनसको रूपमा ४ हजार १ सयसम्म कमाउन सक्नेछन् । थप रूपमा, पार्टनर ड्राइभरहरूले आफ्नो सामान्य दैनिक लक्ष्यहरू नै पछ्याउनु पर्नेछ, कुनै अतिरिक्त लक्ष्य राख्न वा पूरा गर्नुपर्ने आवश्यकता हुनेछैन ।
याङ्गोले सबै पार्टनर ड्राइभरहरूलाई यस विशेष अवसरको फाइदा उठाउन र उत्सवको समयमा बढी कमाई गर्दै तिहार मनाउन आग्रह गरेको छ । अभियानमा सहभागी हुन र थप जानकारीका लागि, ड्राइभरहरूलाई Yango Driver App हेर्न र आगामी अपडेटहरूमा ध्यान दिन सिफारिस गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij