Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

प्रचण्डको सचिवालयबाट गंगा दाहालले दिइन् राजीनामा

प्रचण्डको सचिवालयबाट गंगा दाहालले दिइन् राजीनामा

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयबाट गंगा दाहालले राजीनामा दिएकी छन् । प्रचण्ड र पार्टीविरुद्ध प्रहार हुन थालेपछि आफूले पदबाट राजीनामा दिएको उनले बताएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुवा, पार्टी र आन्दोलनका लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजीनामा दिएको छु,’ उनले लेखेकी छन् ।

    AGNI GROUP

    आफूले प्रचण्डको सहयोगीका रूपमा राम्रो गर्ने कोसिस गरिरहे पनि विवादमा परेको भन्दै उनले दु:ख व्यक्त गरेकी छन् । जति राम्रो गर्छु भन्दा पनि जति नै विवादरहित भएर काम गर्छु भन्दा पनि विवादमा त परिहालिने रहेछ । म, मेरा दिदीहरू र भाइलाई महान् जनयुद्धको समयमा राज्य सत्ताले निरन्तर दुःख दिएका कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागिरहियो, उनले भनेकी छन् ।

    उनले भ्रामक सूचना दिनेहरूले आफ्नोबारे निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि दुरुपयोग गरेको बताएकी छन् ।

    कहिले कति लाखको ब्याग भनिदिएको छ, कहिले कति लाखको घडी । एक लाख पर्ने घडी, ब्याग जिन्दगीमा कहिले पनि किनेको छैन । साथीभाइले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भइसक्यो । अझै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ, उनले लेखेकी छन् ।

    पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवनरूपमा पार्टीमा भने क्रियाशील रहने उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij