Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

गृहमन्त्री अर्याललाई कलाकारले दिए यस्ता सुझाव

गृहमन्त्री अर्याललाई कलाकारले दिए यस्ता सुझाव

  • काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले कलाकारको एक टोलीलाई बोलाएर भेट गरेका छन् । उनले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा कलाकारसँग भेट गरेका हुन् । मन्त्री अर्याललाई भेट्न कर्मा, निश्चल बस्नेत, सुरक्षा पन्त, ऋचा शर्मा, दिब्यदेव पन्त लगायत पुगेका थिए । 

    onlinepatrika
    Arghakhachi

    समसामयिक परिस्थितिका विषयमा छलफलका लागि बोलाएपछि आफूहरू गृहमन्त्री भेट्न मन्त्रालय पुगेको कलाकार ऋचा शर्माले बताइन् ।

    AGNI GROUP

    ‘उहाँले सबै क्षेत्रको मान्छेहरू बोलाएर आफूहरूको कामको विषयमा छलफल गरिरहनु भएको छ’, शर्माले भनिन् ‘आफूहरूले गरिरहेको काम बाहिरबाट हेर्दा  कस्तो देखिरा छ । बाहिरबाट हेर्दा हामीले गरेका काम तथा कुराहरूमा के महसुस गर्नु भएको छ । भनेर सोध्नु भयो ।’

    विभिन्न क्षेत्रमा न्युटल व्यक्तिहरूसँग भेटेर छलफल गर्ने क्रममा आफूहरू पनि परेको शर्माले जानकारी दिइन् । भनिन्, ‘मन्त्रीले कसरी अझै बेटर गर्न सकिन्छ, के के कुरा पुगिरहेको छैन भन्ने विषयमा समेत छलफल गर्नुभयो ।’

    मन्त्री शर्माले कलाकारको तर्फबाट सुझाव समेत मागेका थिए । सो क्रममा आफूहरूले भइरहेको र गरिरहेको कामको सूचना खुलस्त दिन सुझाएको ऋचाले बताइन् ।

    कलाकारले २१ फागुनमा घोषित चुनाव समयमै सम्पन्न गर्न, जेनजी आन्दोलनका शहीदलाई न्याय दिनसहितका सुझाव दिइएको मन्त्रीसँगको भेटमा दिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij