Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने भारतीय नागरिक जेल चलान

हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने भारतीय नागरिक जेल चलान

  • ललितपुर । जेनजी आन्दोलनको मौकामा विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा डाँका चोरी गरेको आरोपमा समातिएका भारतीय नागरिक कारागार चलान भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शाक्यको ललितपुर महानगरपालिका–११ ढटल मार्गस्थित घरमा डाँका चोरीको आरोपमा समातिएका भारतीय नागरिक १८ वर्षीय सरोज आलम कारागार चलान भएका हुन् ।

    AGNI GROUP

    भारतको बेतिया जिल्लाका आलमलाई अदालतले पुर्पक्षका लागि कारागार चालनको आदेश दिएपछि कारागार पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए । उनीसँगै पक्राउ परेका अन्य तीन जनालाई भने धरौटीमा छाड्न आदेश भएको थियो ।

    शाक्यकै घरमा डाँका चोरी गरेको आरोपमा काभ्रेको रोशी गाउँपालिक–१ खहरेका २५ वर्षीय फुर्साङ लामा, बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का २२ वर्षीय सहजाद मिया मंसुरी र रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–१ का २८ वर्षीय मनिष सुनारलाई पक्राउ गरेको थियो ।

    पक्राउ परेका मध्ये लामालाई ६० हजार र बाँकी दुई जनालाई जनही ३०/३० हजार धरौटीमा छाड्न आदेश भएको थियो । उनीहरू धरौटी बुझाएर छुटेका छन् ।

    शाक्यको घरको ग्राउन्ड फ्लोरमा सञ्चालन रहेको रेष्टलस नामको एनजीओबाट केही डलर, हितेन्द्रदेवले पाएका दीर्घ सेवा पदक, अवकाश पदक, हितेत्द्र देवका बाबुले प्राप्त गरेका शुभराज्य रोहण पदक, मोबाइल, सुनचाँदीका सिक्का, गहना, अन्य विभिन्न सरसामानहरू गरी १६ लाख रुपैयाँभन्दा बढीको सरसामान चोरी तथा नष्ट भएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij