Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पक्राउ

भोजपुर र अर्घाखाँचीबाट भरूवा बन्दुकसहित पक्राउ

भोजपुर र अर्घाखाँचीबाट भरूवा बन्दुकसहित पक्राउ

  • काठमाडौँ । प्रहरीले भोजपुर र अर्घाखाँचीबाट भरूवा बन्दुकसहित  एक एक जनालाई पक्राउ गरेको छ ।  

    onlinepatrika
    Arghakhachi

    भोजपुर, टेम्केमैयुङ गाउँपालिका-३ हर्कटे सामुदायिक वनबाट भरूवा बन्दुक १ थान, खुकुरी १ थान र सोही बन्दुकमा प्रयोग हुने छर्रा सहित सोही गाउँपालिका-४ चखेवा बस्ने ४० वर्षीय सचिन सिंह राईलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई उक्त भरूवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । 

    AGNI GROUP

    त्यस्तै अर्घाखाँची, शितगंगा नगरपालिका-१० बाघखोर बस्ने ४५ वर्षीय हेम बहादुर नेपालीको घरबाट भरूवा बन्दुक १ थान, फलामको टुक्रा १७ थान र बारूद करिब १५ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिद्धाराबाट खटिएको प्रहरीले हेम बहादुरको घर तलासी गर्ने क्रममा उक्त भरूवा बन्दुक फेला पारी पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उक्त भरूवा बन्दुक सोही ठाउँ बस्ने २९ वर्षीय दिनेश नेपालीको भन्ने खुल्न आए पश्‍चात दिनेशलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij