Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

ह्यात होटल बन्दप्रति प्रधानमन्त्री कार्कीको चासो, अर्थमन्त्रीले गरे व्यवस्थापनसँग छलफल

ह्यात होटल बन्दप्रति प्रधानमन्त्री कार्कीको चासो, अर्थमन्त्रीले गरे व्यवस्थापनसँग छलफल

  • काठमाडौँ । ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग आज बिहान कुराकानी गरी जानकारी लिएका छन् ।

    AGNI GROUP

    त्यस क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेका छन् । खनालले भने- 'तपाईँहरु आत्तिन भएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौँ। सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ । कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।’

    यसबारे भोलि आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    ह्यात होटल व्यवस्थापनले भदौ २३ र २४ को आन्दोलनका क्रममा भयो तोडफोड र असुरक्षाको कारण होटल पुननिर्माण बिना संचालन गर्न सकिने अवस्था नरहेको भन्दै अर्को सूचना नभएसम्म होटलका सबै कर्मचारीलाई नआउन सूचना प्रकाशित गरेर जानकारी गराएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij