Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जेन जी आन्दोलन

जेनजी आन्दोलनमा आगजनी र प्रहरी कुट्नेहरू धमाधम पक्राउ पर्दै

जेनजी आन्दोलनमा आगजनी र प्रहरी कुट्नेहरू धमाधम पक्राउ पर्दै

  • काठमाडौं । जेनजी आन्दोलनका क्रममा साँखुस्थित प्रहरी प्रभागमा आगजनी र प्रहरीमाथि कुटपिटमा संलग्न भएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको शंखरापुर नगरपालिका–३ घर भएका ४७ वर्षीय सानुकान्छा वाइबा र मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ घर भई शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल छन् । 

    onlinepatrika
    Arghakhachi

    प्रहरी प्रभाग साँखुले उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाएको छ ।

    AGNI GROUP

    यस्तै, प्रहरी वृत्त बौद्धले जेनजी आन्दोलनका क्रममा लुटपाट भएको हतकडी र सोको चाबीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–२ घर भई हाल काठमाडौंको बालाजु बस्ने २९ वर्षीय साजन श्रेष्ठ छन् । उनलाई यही कात्तिक ८ गते बेलुकी ७ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ७ दक्षिण ढोकाबाट नियन्त्रणमा लिइएको हो । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij