Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

साइबर ब्युरो उपस्थित हुँदैअधिवक्ता स्वागत नेपाल

साइबर ब्युरो उपस्थित हुँदैअधिवक्ता स्वागत नेपाल

  • काठमाडौं । अधिवक्ता स्वागत नेपाल दिउसो नेपाल प्रहरीको साइबर ब्यूरोमा जान लाग्नु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध भ्रम फैलाएको आरोपमा साइबर ब्यूरोले अधिवक्ता नेपाललाई सोधपुछ गर्न बोलाएको छ । सांसद नभएको व्यक्ति र प्रधानन्यायाधीश भइसकेको व्यक्ति प्रधानमन्त्री हुनु नहुने भन्दै अधिवक्ता नेपालले आलोचना गर्नुभएको थियो ।

    AGNI GROUP

    आफु साइबर ब्यूरोमा जान लागेको जानकारी दिदै नेपालले सामाजिक संञ्जालमा लेख्नु भएको छ –

    साइबर ब्युरोबाट फेरि उपस्थित हुन फोन आएको छ । म सर्वोच्च अदालतबाट सीधै २ बजे उपस्थित हुन्छु भनेको छु । डाक्टरकै उपचार गर्नु पर्ने भयो भने अर्को डाक्टर चाहिन्छ । म आफैँ कानुन कानुनकर्मी भए पनि मेरो कानुनी उपचारका लागि धेरै वरिष्ठ अधिवक्ता ज्युहरु, अधिवक्ता ज्युहरु, मानवअधिकारकर्मीहरु प्रतिरक्षाका लागि मसँगै उपस्थित हुँदै हुनुहुन्छ । धेरैतिरबाट के भइरहेको छ भन्ने फोन धेरै आएकोले सबैजनालाई व्यक्तिगत रुपमा जवाफ दिन असमर्थ भएकोले सबै साथीहरुमा जानकारीका लागि …

    केही दिन अघि यो संविधानले कार्कीलाई प्रधानमन्त्री बन्न दिँदैन, आफैले प्रधानमन्त्री बन्न हुँदैन भनेको विषयमा आफैं प्रधानमन्त्री भएको भन्दै प्रधानमन्त्री कार्कीको आलोचना गरेका थिए ।

    अधिवक्ता रहेका नेपाल राजावादी आन्दोलनका अगुवासमेत हुन् । गत चैत १५ गते पनि राजावादी आन्दोलनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij