Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभलबीच दीर्घकालीन साझेदारी सम्झौता

लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभलबीच दीर्घकालीन साझेदारी सम्झौता

  • काठमाडौं । लुम्बिनी लायन्स र भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबीच दीर्घकालीन साझेदारी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एक्स्ट्राटेक ओभलका तर्फबाट बिनोद कुँवर र लुम्बिनी लायन्सका तर्फबाट अध्यक्ष ईश्वर जिसीले हस्ताक्षर गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सम्झौताअनुसार एक्स्ट्राटेक ओभल अब लुम्बिनी लायन्सको आधिकारिक घरेलु मैदान तथा तयारी केन्द्र हुनेछ । यो साझेदारी पश्चिम नेपालमा विश्वस्तरीय क्रिकेट पूर्वाधार विकास गर्ने साझा दृष्टिकोणमा आधारित छ । यस अन्तर्गत लुम्बिनी लायन्सले एक्स्ट्राटेक ओभलमा प्रशिक्षण, अभ्यास खेल, कोचिङ क्याम्प तथा रणनीतिक बैठकहरू सञ्चालन गर्नेछ । साथै, आगामी वर्षहरूमा एनपीएलका लागि पनि तयारी हुनुका साथै अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताका घरेलु खेलहरू पनि यही मैदानमा आयोजना गरिनेछ ।

    AGNI GROUP

    सम्झौताअनुसार एक्स्ट्राटेक ओभलमा मुख्य ओभल, अभ्यास नेट, पिच, फ्लडलाइट, ग्राउन्ड मर्मत उपकरण तथा क्लब हाउस सुविधा उपलब्ध गराइनेछ । यसले लुम्बिनी लायन्सलाई वर्षभरि व्यावसायिक स्तरको प्रशिक्षण र तयारीको वातावरण प्रदान गर्नेछ भन्ने हाम्रो दृढ विश्वास छ । यो सम्झौता लुम्बिनी प्रदेशमा क्रिकेटको दीर्घकालीन विकास र खेलाडी उत्पादनमा नयाँ सम्भावनाहरू सिर्जना गर्ने महत्वपूर्ण योजनाका रूपमा रहनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij