Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरोले सोधपुछ गरेको छ । ब्यूरोले बोलाएपछि उनी आइतबार भोटाहिटी स्थित ब्यूरोको कार्यालयमा उपस्थित भएका थिए ।
अनुसन्धान अधिकृतहरूले अधिवक्ता नेपालसँग अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबारे गरेको टिप्पणीबारे सोधपुछ गरेका हुन् । अधिवक्ता नेपालसँग सोधपुछ गरिएको साइबर ब्यूरोका प्रवक्ता (एसपी) दीपकराज अवस्थीले बताए ।
एक भिडियो अन्तर्वार्तामा अधिवक्ता नेपालले प्रधानमन्त्री कार्कीको नियुक्ती गैरकानुनी भएको र उनी नैतिकताको आधारमा पदम बस्न नमिल्ने दाबी गरेका छन् । सोमबार छठको बिदा परेको हुनाले नेपालसँग मंगलबार फेरी सोधपुछ गरिने प्रवक्ता अवस्थीले बताए । उनले भने, ‘सोधपुछ सकिएको छैन्, मंगलबार फेरी बोलाएका छौँ ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij