Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नख्खु कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–१० घर भएका ४३ वर्षीय चुक्ताबहादुर राउत रहेका छन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार राउतलाई वृत्त जनसेवाको टोलीले काठमाडौं–१२, टेकु क्षेत्रबाट सोमबार राति पक्राउ गरेको हो ।
राउत जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कारागार चलान भएका थिए । उनी गत भदौ २५ गते भएको जेन–जी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका थिए ।
पक्राउ परेपछि उनलाई प्रहरीले पुनः नख्खु कारागारमा जिम्मा लगाएको जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij