Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

सिन्धुलीमा कार दुर्घटना: पतिको मृत्यु, पत्नी र छोरा घाइते

सिन्धुलीमा कार दुर्घटना: पतिको मृत्यु, पत्नी र छोरा घाइते

  • काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिका-६ चैनपुरमा कार दुर्घटनामा परेको छ ।  मङ्गलवार बिहान कार सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 

    onlinepatrika
    Arghakhachi

    दुर्घटनामा परि मोरङको विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओम बहादुर अर्जेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा उनको पत्नी ४९ वर्षीय सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त अर्जेल घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी आत्मीय सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको र उपचारको क्रममा ओम बहादुर अर्जेलको मृत्यु भएको प्रहरीले बताएको छ । उनकी पत्नीको अवस्था गम्भीर रहेको छ भने छोरा निशान्तको थप उपचारका लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ ।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार विराटनगरबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार ओम बहादुर आफैले चलाएका थिए ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij