Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

महाराजगन्ज प्रहरी हत्या प्रकरणमा थप दुई जना पक्राउ

महाराजगन्ज प्रहरी हत्या प्रकरणमा थप दुई जना पक्राउ

  • काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगन्जमा प्रहरीमाथि आक्रमण गर्ने दुई जना थप जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेहरूमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ घर भई सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तरगया गाउँपालिका–४ घर भई मनमैजु बस्ने २७ वर्षीय सौरभ तामाङ रहेका छन् ।

    AGNI GROUP

    अनुसन्धानमा संलग्न अधिकृतका अनुसार, यी दुई जनाले प्रहरी जवान उत्तम थापामाथि कुटपिट गरेको दृश्य सीसीटीभी फुटेजमा स्पष्ट रूपमा देखिएको छ । आन्दोलनकारीको कुटपिटबाट प्रहरी जवान थापाको मृत्यु भएको थियो ।

    सोमबार पक्राउ परेका दुबैजनालाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याएर थप अनुसन्धान थालिएको छ । उनीहरूले भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जमा तोडफोड तथा आगजनी गरेको दृश्य पनि भिडियो फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।

    जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा असई मिलन राय र जवान उत्तम थापाको ज्यान गएको थियो । यसअघि प्रहरीले सो प्रकरणमा संलग्न ५ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ भने अन्य ४ जना आरोपी पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij