Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

गायिका नितु पौडेलको मृत्यु प्रकरण

बाबुल गिरीलाई थुनामा राखेर अनुसन्धान गर्न थपियो म्याद

बाबुल गिरीलाई थुनामा राखेर अनुसन्धान गर्न थपियो म्याद

आफ्नो बुवाको मृत्युका कारण विवाह हुन नसकेको बताएका छन् ।

  • काठमाडौं । गायक तथा संगीतकार बाबुल गिरीलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको समय पाएको छ । गायिका नितु पौडेलको मृत्यु प्रकरणमा थुनामा रहेका गिरीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले मंगलबार प्रहरीलाई पाँच दिनको अनुमति दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    नितुका आफन्तको उजुरीका आधारमा गिरी प्रहरी थुनामा छन् । बाबुल र नितु लामो समय प्रेम सम्बन्धमा थिए ।

    AGNI GROUP

    गएको कात्तिक १ गते दिउँसो काठमाडौंको अनामनगरस्थित बाबुलको कार्यालयमा नितुले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

    उपचारका क्रममा एक सातापछि गएको शुक्रबार (कात्तिक ७) बिहान कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको थियो ।

    उनको मृत्युपश्चात् बाबुल आफैँ प्रहरी कार्यालयमा पुगेका थिए । उनीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिइएको छ ।

    प्रहरीसितको प्रारम्भिक बयानमा बाबुलले नितुसितको प्रेम सम्बन्ध स्वीकार गरेका छन् । उनले आफ्नो बुवाको मृत्युका कारण विवाह हुन नसकेको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij