Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

माधव नेपालका सबै सुरक्षाकर्मी फिर्ता

माधव नेपालका सबै सुरक्षाकर्मी फिर्ता

  • काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता गरिएको छ । गृहमन्त्रालयले सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपालले पाउँदै आएका सुरक्षाकर्मी सबै फिर्ता गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    स्रोतका अनुसार एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालविरुद्ध भ्रष्टाचारको मुद्धा लागेका कारण पूर्वप्रधानमन्त्रीको हैसियतमा रहेका सुरक्षाकर्मी फिर्ता गरिएको छ । हाल उनका सशस्त्र प्रहरीका १६ जना र नेपाल प्रहरीका २ जना सुरक्षाकर्मी रहेका थिए ।

    AGNI GROUP

    पतञ्जलि योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेर मुद्धा दायर गरेको थियो ।

    सो मुद्धामा भएको थुनछेक बहसपछि नेपाल गत असार ११ गते विशेष अदालतले तोकेको ३५ लाख धरौटी तिरेर रिहा भएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij