Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

विद्युत् विकास विभागले जारी गर्‍यो २७४ वटा प्रसारण लाइनको अनुमतिपत्र

विद्युत् विकास विभागले जारी गर्‍यो २७४ वटा प्रसारण लाइनको अनुमतिपत्र

  • काठमाडौं । विद्युत् विकास विभागले हालसम्म कूल २७४ वटा साना ठूला प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ ।विभागले चालू आर्थिक वर्षमा मात्रै तीनवटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    भेरी करिडोरमा निर्माण हुने जलविद्युत् आयोजनालाई लक्षित गरी ७५ किलोमिटर दूरीको ४०० केभीको नलगाड–मैनताडा, ४‍.३८ किलोमिटर दूरीको ३३ केभी खोरुङ्गा खोला प्रसारण लाइन र सुपर सर्दी खोलाको बिजुली प्रवाह गर्न ३३ केभीको ३.६८ किलोमिटरका लागि अनुमित दिएको हो ।

    AGNI GROUP

    नलगाड–मैनताडा प्रसारण लाइनले २ हजार ४०० मेगावाट बराबरको बिजुली प्रवाह गर्न सक्ने विभागले जनाएको छ । यसका लागि राष्ट्रिय प्रसारण ग्रीड कम्पनीलाई अनुमतिपत्र प्रदान गरिएको छ ।

    यो सँगै विभागले हालसम्म कूल २७४ वटा साना ठूला प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्र प्रदान गरिसकेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij