Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । सोलुखुम्बु लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेका पाइलट विवेक खड्का सकुशल रहेका छन् । लुक्ला विमानस्थल प्रमुख जेनिश राजभण्डारीका अनुसार खड्कालाई कैलाश एयरको हेलिकप्टरले उद्धार गरेर लुक्ला विमानस्थल पुर्याएको छ ।
उनी सकुशल रहेको र अस्पताल जान पर्ने अवस्थामा समेत नरहेको बताइएको छ ।हेलिकप्टर दुर्घटनापछि लुक्ला विमानस्थलले रामेछाप र काठमाडौंका लागि हुने नियमित उडानहरू रोकेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij