Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

गुण्डागर्दीमा संलग्न सानुभाइ धरौटीमा रिहा

गुण्डागर्दीमा संलग्न सानुभाइ धरौटीमा रिहा

  • काठमाडौं । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइ धरौटीमा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार उनी ७ हजार धरौटी बुझाएर छुटेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    जेनजी प्रदर्शनपछि व्यवसायीलाई ‘धम्क्याएको’ आरोपमा प्रहरीले गत असोज १९ मा उनलाई टोखाबाट पक्राउ गरेको थियो ।

    AGNI GROUP

    नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ यसअघि अहिले सातौंपटक पक्राउ परेर छुटेका हुन् । उनलाई अदालतको आदेश अनुसार थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।

    यसअघि साउन १२ मा ठमेलको नर्सिङ चोक स्थित नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा उनी पक्राउ परेका थिए । सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए । ‘घैँटे’लाई प्रहरीले इन्काउन्टर गरेपछि उनी बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्न थालेको प्रहरी अधिकृतहरू बताउँछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij