Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जेन जी आन्दोलन

सुन्धाराबाट भागेका कैदी भक्तपुरबाट पक्राउ

सुन्धाराबाट भागेका कैदी भक्तपुरबाट पक्राउ

  • काठमाडौं । जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार, सुन्धाराबाट फरार भएका एक कैदी भक्तपुरमा पक्राउ परेका छन् । पक्राउ पर्ने रामेछापका २२ वर्षीय देवबहादुर बस्नेत ‘विष्णु’ रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले शुक्रबार बिहान भक्तपुर नगरपालिका–८ लिवालीबाट उनलाई पक्राउ गरेको हो । बस्नेतलाई लागुऔषध सम्बन्धी मुद्दामा अदालतले दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको सजाय तोकेको थियो ।

    AGNI GROUP

    कारागार प्रशासनका अनुसार बस्नेतले अहिलेसम्म १ वर्ष ६ महिना कैद सजाय पूरा गरिसकेका छन् भने अझै ६ महिना कैद बाँकी छ । पक्राउ परेपछि उनलाई थप कारबाहीका लागि पुनः केन्द्रीय कारागारमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij