Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

दाउन्ने सडक अझै एकतर्फी

दाउन्ने सडक अझै एकतर्फी

  • काठमाडौं । बुटवल-नारायणगढ सडकखण्डअन्तर्गत दाउन्नेमा अझै पनि सडक सहज भएको छैन । बर्षा रोकिए पनि सडक हिलो हुदा र बिग्रिएका सवारीसाधनका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ । हरेक दिन दाउन्ने सडक खण्ड पार ४-५ घण्टा लाग्ने गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    स्थानीय प्रशासनले दाउन्नेमा सडक चिप्लो र जाम लामो भएकाले यो खण्ड भएर चल्ने सवारी र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले सडक एकतर्फी मात्र सुचारु रहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

    AGNI GROUP

    प्रहरीले भनेको छ:  जिल्ला नवलपरासी(बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गा.पा. वडा नं. २ स्थित पूर्व पश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा बाटो चिप्लो,उकालो तथा सवारी साधन बिग्रिएको कारणले सवारी साधन आवगमनमा असहज भएको कारणले दुवै तर्फ चल्ने सवारी साधनको चाप रहेको र बाटो एक तर्फी संचालनमा रहेको हुनाले बैकल्पिक मार्गको प्रयोग गर्नु हुन सम्पुर्ण महानुभावहरुमा अनुरोध गर्दछौं ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij