Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । पाँचथरमा एक युवकले बाबुको हत्या गरेका छन् ।
हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईलाई उनका कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार बिहान करिब १०ः३० बजे युवराज घरदेखि करिब ५ सय मिटर उत्तरतर्फको करेसाबारीमा मृत अवस्थामा फेला परेका थिए । उनको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा युवराजका कान्छा छोरा सन्देशले बाबुको हत्या गरेको पुष्टि भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिए ।
प्रहरीले सन्देशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । मृतक युवराजको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल फिदिममा पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको कारण भने अझै खुलेको छैन र यसबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij