Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जेन जी आन्दोलन

प्रहरी चौकी आगजनी गर्ने ८ जनाले गरे आत्मसमर्पण

प्रहरी चौकी आगजनी गर्ने ८ जनाले गरे आत्मसमर्पण

  • काठमाडौं । जेनजी आन्दोलनमा भक्तपुरको जगाती प्रहरी चौकी आगजनी गर्ने ८ जनाले आत्मसमर्पण गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार काभ्रेको भुम्लु ३ घर भई अहिले भक्तपुर हनुमानघाट बस्ने ३४ वर्षका रामशरण परियार, काभ्रे बनेपा ४ घर भई हनुमानघाट नै बस्ने ३२ वर्षका रुपक परियार, सर्लाही लाबन्दी ६ घर भई अहिले भक्तपुर दार्जिलिङ हाइट बस्ने २६ वर्षका होमबहादुर खत्रीले आत्मसमर्पण गरेका हुन् ।

    AGNI GROUP

    यस्तै, काभ्रे नमोबुद्द १ घर भई हाल बम्हायणी बस्ने २२ का अमृत सुनुवार र महोत्तरी सोनाम ८ घर भई हाल बम्हायणी बस्ने १८ वर्षका प्रालद कुमार ठाकुरले पनि आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

    त्यसैगरी, भक्तपुर भक्तपुर नगरपालिका ८ घर का २३ वर्षका राजन माक, सर्लाही घर भई हाल भक्तपुर भातेढिकुर बस्ने वर्ष १६ का सरोज बम्जन र जिल्ला काभ्रे नमोबुद्द ६ घर भई हाल भक्तपुर भातेढिकुर बस्ने २२ वर्षका विकास तामाङले आत्मसमर्पण गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij