Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

भैरहवाको होटल निर्वाणामा गोली चल्यो

भैरहवाको होटल निर्वाणामा गोली चल्यो

  • काठमाडौं । भैरहवाको होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार मध्यरातमा गोली चल्दा एक जना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    होटलको मुख्य गेट अगाडि केही व्यक्तिहरूबीच भएको विवादपछि एउटा समूह होटलभित्र प्रवेश गर्न खोजेपछि सुरक्षागार्डले रोक्न खोज्दा अपरिचित व्यक्तिले सुरक्षागार्डमाथि गोली प्रहार गरेका थिए ।

    AGNI GROUP

    गोली लागेर होटलमा सुरक्षागार्डको रुपमा कार्यरत बुटवल उपमहानगरपालिका-१५ का २७ वर्षीय मीनबहादुर परियार घाइते भएका हुन्। उनको तिघ्रामा गोली लागेको छ ।

    रुपन्देहीका प्रहरीका प्रवक्ता एवं डीएसपी सुरज कार्कीका अनुसार घाइते परियार राति भीम अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।

    घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त होटलमा क्यासिनोसमेत सञ्चालनमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij