Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नागढुंगाबाट खैरो हेरोइनसहित युवक पक्राउ

नागढुंगाबाट खैरो हेरोइनसहित युवक पक्राउ

  • काठमाडौं । काठमाडौंको नागढुंगा चेकप्वाइन्टबाट प्रहरीले लागुऔषध ‘खैरो हेरोइन’ सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति सुनसरी इटहरी उपमहानगरपालिका–८ का २५ वर्षीय फैजल अन्सारी रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्रदेश–०१–००६ ख ९४५० नम्बरको यात्रुबसमा सवार अन्सारीको पाइन्टको गोजीमा लुकाइराखिएको अवस्थामा प्रहरीले करिब १ ग्राम खैरो हेरोइन बरामद गरेको हो ।

    AGNI GROUP

    प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले मंगलबार जाँचका क्रममा उनलाई पक्राउ गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा अन्सारीले आफू ‘सेवनकर्ता’ भएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

    हाल उनलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाउन लागुऔषध नियन्त्रण ब्युरो, काठमाडौंमा बुझाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij