Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

एक किस्ता धरौटी तिरेर उद्योगीले विद्युत जडान गर्ने

एक किस्ता धरौटी तिरेर उद्योगीले विद्युत जडान गर्ने

२५ वटा उद्योगमा लाइन काटिएको थियो । ६ वटा उद्योगले बक्यौता तिरेपछि लाइन जोडिएको छ । १९ वटा उद्योगमा लाइन जोडिएको छैन ।

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले देशको खस्कँदो अर्थतन्त्र, रोजगारी र उत्पादन(निर्यातमा परेको गम्भीर असरलाई मध्यनजर गर्दै तत्काल उच्चस्तरीय न्यायिक आयोगमा जाने गरी २८ किस्तामध्ये एक किस्ता तिरेर लाइन (विद्युत) जोडने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    महासंघका अध्यक्ष ढकालका अनुसार मुलुकको अर्थतन्त्रमा आएको सङ्कट, रोजगारी कटौती र उत्पादन तथा निर्यातमा देखिएको अवरोधलाई सम्बोधन गर्न न्यायिक आयोगको गठन गर्ने गरी प्रधानमन्त्रीसँग सोमबार छलफल भएको बताए ।

    AGNI GROUP

    अध्यक्ष ढकालको भने ‘हामीले न्यायिक आयोग गठन गर्न भनेका छौं । अर्थतन्त्रमा गम्भीर असर परेको छ । रोजगारी र उत्पादन-निर्यातमा पनि समस्या आएको छ । यी दीर्घकालीन समस्या समाधानका लागि आयोग अपरिहार्य छ ।’ निजी क्षेत्रले दीर्घकालीन समस्या समाधान नहुँदासम्मका लागि अस्थायी समाधानको सूत्र अघि सारेको बताए ।

    सिमेन्ट उत्पादन संघका पूर्व अध्यक्ष ध्रुव थापाले यसलाई ‘अन्तिम माग नभई अहिलेको लागि समाधान’ भएको बताए । उद्योगी व्यवसायीले बक्यौताको २८ भागको १ भाग (१/२८) मात्र धरौटीको रूपमा तत्काल तिर्ने, धरौटी बुझाए लगत्तै काटिएको लाइन जोड्ने उद्योगी थापाले बताए ।

    यस विषयमा महासङ्घका अध्यक्ष ढकालले हालै प्रधानमन्त्री, अर्थ मन्त्री र मुख्य सचिव लगायतका उच्च पदस्थ अधिकारीहरूसँग विस्तृत छलफल गरेका थिए । सरकारी पक्षसँगको छलफल पश्चात् उनले थप सहमतिका लागि निजी क्षेत्र सँग पनि गहन परामर्श गरेका थिए ।

    निजी क्षेत्रको यो मागले अहिलेको आर्थिक तथा औद्योगिक विवादलाई तत्काल मत्थर पार्दै न्यायिक प्रक्रियाबाट दीर्घकालीन समाधान खोज्न सरकारमाथि दबाब बढाएको छ ।

    २५ वटा उद्योगमा लाइन काटिएको थियो । ६ वटा उद्योगले बक्यौता तिरेपछि लाइन जोडिएको छ । १९ वटा उद्योगमा लाइन जोडिएको छैन ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij