Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

२०३५ सालमा रेडियो चोरी गरेका व्यक्ति ४७ वर्षपछि पक्राउ

२०३५ सालमा रेडियो चोरी गरेका व्यक्ति ४७ वर्षपछि पक्राउ

२०४५ मंसिर १६ गते स्याङ्जा जिल्ला अदालतबाट नकबजनी चोरी कसुरमा उनलाई १५ दिन कैद र ४५ सय रुपैयाँ जरिवाना गरिएको थियो ।

  • काठमाडौं । स्याङ्जा प्रहरीले चोरी मुद्दाका एक कसुरदारलाई ४७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका– ७ कल्लेरी बस्ने लाल बहादुर राना रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    विस.२०३५ वैशाख १५ गते रातको समयमा स्याङ्जाको साविक पेलाकोट गाउँपञ्चायत-२ हाल गल्याङ नगरपालिका–७ कल्लेरी बस्ने दिलबहादुर रानामगरको घरबाट सुनका गहना र रेडियो चोरी भएको थियो ।

    AGNI GROUP

    उक्त घटनामा २०४५ मंसिर १६ गते स्याङ्जा जिल्ला अदालतबाट नकबजनी चोरी कसुरमा उनलाई १५ दिन कैद र ४५ सय रुपैयाँ जरिवाना गरिएको थियो ।

    फरार रहेका लालबहादुरलाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अप्रेसन टोलीले यही कात्तिक १७ गते पक्राउ गरेको हो । उनलाई कैद तथा जरिवाना भुक्तान लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएकोमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी प्रसन्नराज चौधरीले जानकारी दिए ।

    दिलबहमदुर जिल्ला कारागार, स्याङ्जा चलान भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij