Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको कल्याणपुर नगरपालिका-११ घर भएका २२ वर्षीय जीवनकुमार साह छन् ।
उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई ललाई फकाई प्रलोभनमा पारी संवेदनशील अंगहरू देखाउन लगाएर स्क्रिनसट गरेको अश्लील तस्वीररभिडियो नक्कली फेसबूक एकाउन्ट बनाई अपलोड गरेका थिए ।
साहले दुस्खरहैरानी दिई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीका आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई सिराहाबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij