Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कालमेगी आँधीका कारण मृत्यु हुनेको संख्या १९३ पुग्यो

कालमेगी आँधीका कारण मृत्यु हुनेको संख्या १९३ पुग्यो

  • काठमाडौं । फिलिपिन्स र भियतनाममा आएको कालमेगी आँधीका कारण मृत्यु हुनेको संख्या १९३ पुगेको छ । आँधीमा परेर फिलिपिन्समा १८८ जना र भियतनाममा पाँच जनाको मृत्यु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार १४९ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले मध्य भियतनामबाट बाहिरिएर पश्चिमतर्फ कम्बोडिया र लाओसतिर अघि बढिरहेको छ । मध्य भियतनामको तटीय किनार क्षेत्र रातभर आँधीको चपेटमा पर्दा बिहान फोहरको थुप्रो देखिन्छ ।

    AGNI GROUP

    तीव्र गतिको हावाले रुखहरू ढलेका छन् भने घरका छत समेत उडाएको छ । थुप्रै आवासीय भवनमा क्षति पुगेको छ ।

    हजारौं मानिस विद्यालय र अन्य सार्वजनिक भवनमा शरण लिइरहेका छन् । क्षति विवरण संकलन र उद्धारमा सेना तैनाथ भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij