Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

आज विश्व रेडियोग्राफी दिवस मनाइँदै

आज विश्व रेडियोग्राफी दिवस मनाइँदै

  • काठमाडौँ । आज विश्व रेडियोग्राफी दिवस मनाइँदैछ । हरेक वर्षको नोभेम्वर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरुप आज विश्वभर नै यो दिवस मनाउन लागिएको हो ।

    onlinepatrika
    Arghakhachi

    सन् १८९५ नोभेम्बर ८ मा जर्मन मेकानिकल इन्जिनियर विलहेल्म रोइन्टगेनले रेडियोग्राफीको आविष्कार गरेका थिए । उनै वैज्ञानिकले गरेको विकिरण एक्स–रेको आविष्कारप्रति सम्मान दिन यो दिवस मनाइन्छ । सर्वप्रथम सन् २०१२ मा रेडियोलोजीको अन्तर्राष्ट्रिय दिवस मनाइएको थियो । युरोपियन सोसाइटी अफ रेडियोलोजी, उत्तरी अमेरिकाको रेडियोलोजिकल सोसाइटी, अमेरिकन कलेज अफ रेडियोलोजीको पहलमा विश्व रेडियोलोजी दिवस मनाउन सुरु गरिएको हो ।

    AGNI GROUP

    विश्व रेडियोग्राफी दिवस २०२५ को  नारा 'रेडियोग्राफरहरू: नदेखिने कुराहरू हेर्ने' भन्ने रहेको छ, यसको अर्थ, रेडियोग्राफरहरूले एक्स-रे, सीटी, र एमआरआई जस्ता इमेजिङ प्रविधि प्रयोग गरी शरीरभित्रका तिन कुराहरू हेर्छन् जुन बाहिरबाट देखिँदैनन् । यसले रोग वा चोट पत्ता लगाउन र सही रूपमा निदान तथा उपचार गर्न सहयोग पुर्‍याउँछ।

    आधुनिक सरल चिकित्सा प्रणालीमा रेडियोग्राफीको ठूलो भूमिका रहेको छ । विश्वभरि रेडियोग्राफी अनि रेडिएशन थेरापीबारे जानकारी र चेतना फैलाउने दिनको रुपमा आजको दिनलाई लिने गरिन्छ । रेडियोग्राफीको माध्यमले शरीरभित्रका हड्डी, क्याभिटी र कुनै बाहिरी पदार्थ भए-नभएको पत्ता लगाउन सकिन्छ । सामान्यतया, एक्सरे दुई किसिमले गरिन्छ ।

    कम्प्लिकेट रेडियोग्राफी र डाइरेक्ट रेडियोग्राफी । डाइरेक्ट रेडियोग्राफी सजिलो पद्धति हो । जसबाट बिरामीको रिर्पोट चाँडो निस्कनुका साथै शरीरका अंगको तस्बिरसमेत स्पष्ट देखिने गरी निस्कन्छ । जो सबैभन्दा बढी प्रयोग हुने एक्सरे पद्धति पनि हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij