Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

सुकुम्बासी बस्तीमा दुर्गा प्रसाई: घर भत्काउन आएमा उनीहरुको घर भत्काउन जानु !

सुकुम्बासी बस्तीमा दुर्गा प्रसाई: घर भत्काउन आएमा उनीहरुको घर भत्काउन जानु !

  • काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले सुकम्बासी बस्ति हटाउन आएमा उनीहरुको घरमा गएर आक्रमण गर्न उक्साएका छन् । जडिबुटीको मनोहरास्थित सुकुम्बासी बस्ति पुगेर प्रसाईले आफ्नो घर भत्काउन आएमा जाइलाग्न आग्रह गरेका हुन् । उनले आफु सुकुम्बासीलाई बचाउन आएको भन्दै अतिक्रमित सरकारी जग्गा खाली गर्ने काठमाडौँ महानगरको अभियानको प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले कांग्रेस, एमाले, माओवादीले सुकुम्बासीलाई प्रयोग गरेर राजनीति गरेको भन्दै बालेनले पनि स्ट्याटस लेखेर गरिबलाई नलखेट्न आग्रह गरे । बालेनले दुई लाख परिवारलाई लखेटेको आरोप लागाउदै काठमाडौँको व्यवसाय चौपट भएको आरोप लगाए । उनले महानगरसँग बजेट छ शहर राम्रो बनाउने हो भने घर बनाउन बालेनलाई सल्लाह दिए ।

    AGNI GROUP

    प्रसाईले बालेनले मकै पोलेर खानेलाई पनि बिचल्लीमा पारेको आरोप समेत लगाए । उनले मङ्सिर ७ गते देखि सुरु हुने आफ्नो अभियानमा समर्थन गर्न समेत आह्वान गरे । सुकुम्बासी बस्ती खाली गर्न महानगर र काठमाडौँ उपत्यका विकास प्राधिकरणले दिएको एक हप्ताको अल्टिमेटम शुक्रबार सकिएको छ । अल्टिमेटम सकिएसँगै आजदेखि बस्ती खाली गराउने महानगरको योजना छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij