Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नेपालको निर्यातमा ४७ प्रतिशत हिस्सा खानेतेलको

नेपालको निर्यातमा ४७ प्रतिशत हिस्सा खानेतेलको

  • काठमाडौं । नेपालको कुल निर्यातमा झन्डै आधा हिस्सा खाने तेलले ओगेटेको देखिएको छ । तेस्रो देशबाट कच्चा तेल ल्याएर प्रशोधन गरी भारत निकासी हुने भटमास, पाम र सूर्यमुखी तेलले कुल निर्यातमा ४७.७ प्रतिशत हिस्सा आगेटेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालू आवको पहिलो त्रैमासमा नेपालले कुल ७२ अर्ब ७८ करोडबराबरको वस्तु निर्यात गरेको छ । यसको झन्डै आधा अर्थात् ३४ अर्ब ७५ करोड रुपैयाँबराबरको खानेतेल निर्यात भएको हो । कुल निर्यातमा सोयाबिन आयलको ४२.२ प्रतिशत, पाम आयलको २.६ र सनफ्लावर आयलको २.९ प्रतिशत हिस्सा रहेको केन्द्रको तथ्यांक छ । 

    onlinepatrika
    Arghakhachi

    समीक्षा अवधिमा सोयाबिन तेलको निर्यातमा उच्च दरमा वृद्धि भई ३० अर्ब ७० करोड पुगेको छ । गत आवको सोही अवधिमा सोयाबिन आयलको निर्यात नौ करोड ४० लाख रुपैयाँबराबरको मात्रै भएको थियो । पाम तेलको निर्यात चार सय सात प्रतिशतले बढेर एक अर्ब ९२ करोड पुगेको छ । सूर्यमुखी तेलको निकासी पाँच सय १२ प्रतिशतले बढेर दुई अर्ब १४ करोड पुगेको छ । ‘यी तीनवटा वस्तुको नेपालको साउन–असोज महिना अवधिको कुल निकासीमा ४७.७ प्रतिशत योगदान रहेको छ,’ केन्द्रले उल्लेख गरेको छ । इन्डोनेशिया, मलेशियालगायत देशबाट कच्चा तेल आयात गरी भारत निकासी गरिने खानेतेलमा मूल्य अभिवृद्धि न्यून भएको चौतर्फी गुनासो छ । न्यून मूल्य अभिवृद्धि हुने भएकै कारण यस निर्यातबाट नेपाललाई अपेक्षित लाभ हुन नसक्ने बताइन्छ । 

    AGNI GROUP

    साढे ३७ अर्बको कच्चा तेल आयात

    समीक्षा अवधिमा नेपालले ३७ अर्ब ६५ करोड रुपैयाँबराबरको कच्चा तेल आयात गरेको छ । केन्द्रका अनुसार यो तीन महिनामा ३० अर्ब २४ करोडको कच्चा सोयाबिन आयल, तीन अर्ब सात करोडको कच्चा पाम आयल र चार अर्ब ३३ करोड रुपैयाँबराबरको सनफ्लावर कच्चा आयल आयात भएको हो । नेपालको कुल आयातमा कच्चा तेलको हिस्सा आठ प्रतिशत रहेको केन्द्रको तथ्यांक छ ।

    कच्चा तेलको आयात र प्रशोधित तेलको निर्यातको तथ्यांक विश्लेषण गर्दा खानेतेलको व्यापारमा नेपाललाई नोक्सान भएको देखिन्छ । कच्चा तेलको आयातभन्दा खानेतेलको निर्यात दुई अर्ब ९० करोड रुपैयाँले न्यून देखिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij