Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भारतीय कम्पनी पीटीसीसँगको सम्झौता सेटिङका लागि नभएर राष्ट्र र प्राधिकरणको हितमा गरिएको हो: कुलमान

भारतीय कम्पनी पीटीसीसँगको सम्झौता सेटिङका लागि नभएर राष्ट्र र प्राधिकरणको हितमा गरिएको हो: कुलमान

  • काठमाडौँ ।  उर्जामन्त्री कुलमान घिसिङले भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौता बारे भ्रम फैलाइएको आरोप लगाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    भारतसँग भएको सम्झौतामा अनियमितता भएको प्रश्न उठिरहेका बेला मन्त्री घिसिङले यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि नभएर राष्ट्र र नेपाल विद्युत प्राधिकरणको हितमा गरिएको दाबि गरेका छन् ।

    AGNI GROUP

    उनले नियमपूर्वक पारदर्शी प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा विधुत नियमन आयोगबाट स्वीकृति लिई विगत लामो समयको अभ्यास वमोजिम विद्युत खरिदको निर्णय गरेको बताउदै हिउँदयाममा स्थिर आपूर्ति सुनिश्चित गर्ने र १० रूपैया सम्मको महंगो विद्युत आयात गर्र्नु पर्ने वाध्यता हटेको बताएका छन् । यदि यो कदम समयमै नचालिएको भए महँगो विकल्पमा जानु पर्ने र विद्युत नपाउने जोखिम रहेको उनको दाबि छ ।

    उनले भनेका छन्:  

    आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौता बारे केही भ्रम फैलाइएको देखिएको छ। म स्पष्ट भन्न चाहन्छु - यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि होइन, राष्ट्र र नेपाल विद्युत प्राधिकरणको हितमा गरिएको हो।

    नदी प्रवाहमा आधारित हाम्रो प्रणालीले बर्षायाममा निर्यात र सुख्खायाममा केही परिमाणमा आयात आवश्यक  छ । हामीले नियमपूर्वक पारदर्शी प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा विधुत नियमन आयोगबाट स्वीकृति लिई विगत लामो समयको अभ्यास वमोजिम विद्युत खरिदको निर्णय गरेका छौं, जसले हिउँदयाममा स्थिर आपूर्ति सुनिश्चित गर्छ र १० रूपैया सम्मको महंगो विधुत आयात गर्र्नु पर्ने वाध्यता हटेको छ । यदि यो कदम समयमै नचालिएको भए महँगो विकल्पमा जानु पर्ने र विद्युत नपाउने जोखिम थियो । यसैले निर्णय पूर्ण रूपमा राष्ट्र, प्राधिकरण र जनताको हितमा गरिएको हो । भ्रममा नपरौं ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij