Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नेपाल ट्रष्ट लिज प्रकरण

पूर्वसहसचिव कार्कीलाई ८ दिन हिरासत अनुमति

पूर्वसहसचिव कार्कीलाई ८ दिन हिरासत अनुमति

  • काठमाडौं । नेपाल ट्रष्टको स्वामित्वमा रहेको दरबारमार्गस्थित जमिनको लिज प्रकरणमा पक्राउ परेका पूर्वसहसचिव लेखबहादुर कार्कीमाथि अनुसन्धान गर्न ८ दिन म्याद थप भएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला अदालत, काठमाडौंमा पेश भएका कार्कीलाई थप ८ दिन प्रहरी हिरसातमा राखी उक्त प्रकरणमाथि अनुसन्धान गर्न प्राप्त भएको सिआईबी प्रवक्ता एसएसपी शिव श्रेष्ठले बताए ।

    AGNI GROUP

    नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको दरबारमार्गस्थित जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिबीच लिजमा दिनेलिने करारमाथि ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा कार्कीविरुद्ध मुद्दा चलाइएको हो ।

    चितवन जिल्लाको साविक श्रीपुर २, हाल भरतपुर महानगरपालिका– १५ बस्ने ६६ वर्षीया कार्की शनिबार पक्राउ परेका थिए ।

    उक्त प्रकरणमा पक्राउ गर्नुपर्ने अन्य व्यक्तिको पनि पहिचान भइसकेको सिआइबीले स्रोतले जनाएको छ । थामसेर्कु ट्रेकिङ यति समूहअन्तर्गतको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij