Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

डुम्रे-बेसीशहर सडक दैनिक साढे ६ घण्टा बन्द हुने

डुम्रे-बेसीशहर सडक दैनिक साढे ६ घण्टा बन्द हुने

  • काठमाडौँ ।  डुम्रे- बेसीशहर सडक दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रशासन कार्यालय तनहुले सूचना प्रकाशित गर्दै डुम्रे - बेसीशहर चामे सडक योजना अन्तर्गत डुम्रे वेसीशहर सडक खण्डको भानु नगरपालिकाको ढुकुर्दी क्षेत्र सम्म रोडवे एक्सकाभेसन कार्य गर्नुपर्ने भएकाले सम्भावित दुर्घटना जोखिम न्यूनीकरण गर्न तथा कार्य प्रगतिमा सहजीकरणका लागि कार्तिक २४ गते देखि २०८२ मंसिर ५ गतेसम्म दैनिक सडक बन्द गरेर काम गरिने जानकारी दिएको हो । सो समयमा उक्त सडक खण्डको चाम्बास देखि तुरतुरे सम्म सवारी आवागमन बन्द गरी निर्माण कार्य हुने जनाएको छ ।

    AGNI GROUP

    डुम्रे वेसीशहर सडक खण्डको भानु नगरपालिका स्थित चाम्बास देखि तुरतुरेसम्म कार्तिक २४ गते देखि २०८२ मंसिर ५ गतेसम्म विहान ६:३० बजे देखि ९ बजे सम्म, विहान ११ बजे देखि दिउसो १ बजेसम्म दिउसो र दिउसो २ बजेदेखि ४ बजेसम्म सडक बन्द हुने छ । 

    उक्त समयावधिमा तुरतुरे- पालुंगटार- खत्रिटार हुदै विमलनगरको रुट प्रयोग गर्न सकिने प्रशासनले जानकारी दिएको छ । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij