Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । दिल्लीमा वायु प्रदूषणले लगातार बढिरहेको छ । सोमबार बिहान १० बजे, दिल्लीमा औसत वायु गुणस्तर सूचकांक (एक्यूआई) ४६९ पुगेको छ, जुन 'धेरै खराब' श्रेणीमा पर्दछ ।
यसलाई नियन्त्रण गर्न दिल्लीमा ग्राडेड रेस्पोन्स एक्सन प्लान-३ अन्तर्गत लगाइएका प्रतिबन्धहरू अप्रभावी साबित भइरहेका छन् ।आइतबार, वायु गुणस्तर सूचकांक ३७० थियो । सोमबार बिहान दिल्लीमा धुवाँको बाक्लो कम्बल देखिएको छ ।
विज्ञहरूका अनुसार, ३०१ देखि ४०० को एक्यूआईले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउन सक्छ । विज्ञहरूले दिल्लीमा बढ्दो प्रदूषणले मानिसहरू बिरामी पर्न शुरु भएको बताएका छन् । धेरै क्षेत्रहरूमा मानिसहरूले सास फेर्न गाह्रो भइरहेको अनुभव गरिरहेका छन् ।
आइतबार, मानिसहरूले दिल्लीको खराब वायु गुणस्तरको विरुद्ध इन्डिया गेटमा विरोध प्रदर्शन गरेका थिए ।वायु गुणस्तर सूचक शून्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij