Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपालका कम्युनिष्ट निरर्थक शब्दजालमा फसेको बाबुरामको टिप्पणी

नेपालका कम्युनिष्ट निरर्थक शब्दजालमा फसेको बाबुरामको टिप्पणी

  • काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालका कम्युनिष्ट पार्टी बारे व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै डा.भट्टराईले आफुहरुको उमेर 'श' मशाल र 'स' मसाल को बारेमा विवाद गर्दा वितेको उल्लेख गर्दै अहिले फेरी नेपाल कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टी राम्रो भन्ने बहस शुरु भएको टिप्पणी गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

     बाबुरामले नयाँ पुस्तालाई यथार्थपरक वैचारिक दिशातर्फ उन्मुख हुन आग्रह गर्दै वामपन्थी दलहरूबीचको नाम र प्रतीकका विवादलाई निरर्थक शब्दजालको रूपमा चित्रित गर्दै यस्तो विवादले देशका वास्तविक समस्या बेरोजगारी, श्रम–निर्यात र आयात–निर्भर अर्थतन्त्र समाधान गर्न नसक्ने उल्लेख अग्रेका छन् । 

    AGNI GROUP

    उनले भनेका छन्:

    हाम्रो युवा उमेर मोटो 'श' (मशाल) कि पातलो 'स' (मसाल) राम्रो ? भन्ने अन्तहीन विवादमा गुज्रेको थियो । गुरूहरु अझै नेतृत्वमै हुनुहुन्छ । अब अर्को पुस्ताको जीवन 'अ' कार (नेपा 'ल' कम्युनिष्ट पार्टी) राम्रो कि 'ई' कार (नेपा  'ली' कम्युनिष्ट पार्टी) राम्रो ? भन्ने गलफत्तीमा जाने भो!

    लाखौं वेरोजगार सर्वहारा/श्रमिक विदेशिने र श्रम -निर्यात तथा वस्तु-आयातको परनिर्भरताको दुष्चक्र चाहिं तोडिने भन्दा कस्सिने क्रम यथावत् छ! तिनले यो बहसलाई 'वे' कार नभनून् !

    अतः यस्तो निरर्थक शब्दजालमा अल्झनु /अल्झाउनु सट्टा मार्क्सले प्रतिपादन गरेको द्वन्दात्मक भौतिकवादी चिन्तनपद्धति र पछिल्लो ज्ञानविज्ञानमा  उभिएर अहिलेको चौथो औद्योगिक क्रान्ति ( डिजिटल क्रान्ति, जेनेटिक क्रान्ति, नानो-प्रविधि, ए आइ आदि) -ले सिर्जना गरेको विश्वपरिस्थिति, नेपालको भर्खरै पहिलो औद्योगिक क्रान्तिको चरणमा प्रवेशको अवस्था, गत सय बर्षका समाजवाद निर्माणका सफलता र असफलता, भर्खरै देशमा भएको चमत्कारिक जेन-जी विद्रोह लगायतको गहन विश्लेषण गर्ने र देश-काल सापेक्ष नयाँ विचार, नीति, कार्यक्रम, संगठन,नेतृत्वको विकल्प तयार गर्नुपर्ने हैन र ?

    कणहरूको जो मर्जी!

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij